ट्रम्पले सार्वजनिक गरे मदुरो पक्राउको तस्बिर

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएली राष्ट्रपति निकोलास मदुरो पक्राउ गरेको तस्बिर सार्वजनिक गरेका छन्। सामाजिक सञ्लालमार्फत उनले तस्बिर सार्वजनिक गरेका हुन्। 

ट्रम्पले सार्वजनिक गरेको तस्बिरमा हातमा हत्कडी, आँखामा कालोपट्टी, कानमा साउन्डप्रुफ र हातमा पानीको बोतल बोकिरहेको देखिन्छ। 

ट्रम्पले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपतिलाई पक्राउ गरिएको दाबी गरेका छन्। यद्यपि, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । अमेरिकाको डेल्टा फोर्सले भेनेजुएलामा  हमला गरेको हो । 

भेनेजुएलाले अमेरिकामा लागुऔषध तस्करी गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन्। मदुरोलाई पक्राउ गर्न सूचना दिनेलाई अमेरिकाले पाँच करोड डलर पुरस्कारको घोषणा गरेका थिए। 

शुक्रबार अमेरिकाले भेनेजुयलाको राजधानी कारोबसमा आक्रमण गरेको थियो । 

सुझावित समाचार