स्वस्थानी व्रतकथा आजदेखि सुरु (तस्बिरहरू)

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

आजदेखि स्वस्थानी व्रतकथा सुरु भएकाे छ । वैदिक सनातन परम्पराअनुसार आफ्नोवरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा–आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको वास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा–आराधना सुरु भएकाे छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला सुरु, हेर्नुहोस् केही तस्बिरहरू

सुझावित समाचार