कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ मा गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण
कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ मा गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ सम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

तर, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्णयमा नोट अफ डिसेन्ट जनाएको पनि महतले बताए। महामन्त्रीद्वयले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनतर्फ जाने उल्लेख गरेका थिए।

सुझावित समाचार