विशेष महाधिवेशनको औचित्य सकिइसक्यो : नेता निधि

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण
विशेष महाधिवेशनको औचित्य सकिइसक्यो : नेता निधि

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिएको बताएका छन्।

शुक्रबार सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा जानुअघि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै निधिले यस्तो बताएका हुन्।

‘विशेष महाधिवेनको औचित्य मंसिर १५ गते नै सकिइसक्यो,’ उनले भने। विशेष महाधिवेशनका लागि हल बुक भएको भन्ने प्रसंगमा निधिले भने, ‘त्यो थाहा छैन।’

मंसिर १५ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो।

आफूहरू निर्वाचनको तयारीमा रहेको बताउँदै उनले विशेष महाधिवेशनको औचित्य सकिएको दोहोर्याए।

सुझावित समाचार