गोदावरीको ‘म्युजिकल पार्टी’मा प्रहरीको छापा, ६ विदेशीसहित नौजना पक्राउ

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण
गोदावरीको ‘म्युजिकल पार्टी’मा प्रहरीको छापा, ६ विदेशीसहित नौजना पक्राउ

पार्टीबाट प्रहरीले बरामद गरेका लागुऔषध

ललितपुरको गोदावरीमा लागुऔषधसहित आयोजना गरिएको एक पार्टीमा प्रहरीले छापा हानेर नौजनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ६ विदेशी र तीन नेपालीलाई पक्राउ गरेको हो । 

अंग्रेजी नयाँ वर्षको अवसरमा बिसंखु नारायणस्थित एक रिसोर्टमा प्रहरीले बुधबार राति छापा हानेको हो। महामाया मन्त्र इन्भेटका नाममा त्यहाँ ७२ घण्टे लागुऔषधसहितको पार्टी आयोजना भएको थियो। जहाँबाट प्रहरीले पाँच भारतीय, एक ग्रिस र तीन नेपालीलाई पक्राउ गरेको हो । उनीहरूबाट एसएसडी, गाँजा, चरेश, म्याजिक मसरुमलगायत लागुऔषध बरामद भएको ब्युरोका एसपी जनकबहादुर शाहीले बताए।

पक्राउ पर्नेहरू:

सुझावित समाचार