सुन बिहीबार तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबार छापावाल सुन प्रतितोला रु. दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भएकोमा बिहीबार प्रतितोला रु. दुई लाख ५९ हजार ६ सयमा कारोबार भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज तोलाको चार हजार ४१५ रुपैयाँमा कारोबार भएको छ।