राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा फर्किएपछि पार्टी पूर्ण भएको बताएका छन्।
बुधबार राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै लिङ्देनले थापाले पार्टी छाड्दा रिक्तता र अभाव महसुस गरेको सुनाए।
‘कमल दाइ नहुँदाको राप्रपा मेरो मनमा एकदम अपूर्णजस्तो लाग्थ्यो। उहाँले छोडेर जानुभयो। म पार्टीको अध्यक्ष, रोएर हिँड्न पनि नमिल्ने। कमल दाइ नभएर यो पार्टी चलेन भन्न पनि मिलेन। उहाँ नभएर पनि चल्छ भन्नुपर्ने नै भयो, चलायौँ पनि। तर, मनमा एक प्रकारको रिक्तता र अभाव भइराखेको थियो। आज त्यो पूर्ण भएको छ,’ उनले भने।