दाउन्ने सडकखण्डमा आवश्यकबाहेकका सवारीसाधन नचलाउन अनुरोध

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

सडक विभाग, आयोजना निर्देशनालयले आवश्यकबाहेक अन्य सवारीसाधनलाई बुटवल–नारायणगढ सडकको दाउन्नेखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ । तीन दिनदेखि यस सडकखण्डमा भारी शीतलहरका कारण सडक सतह अत्यन्त चिप्लो भई साना तथा ठुला सवारीसाधनहरू चिप्लिने, अड्किने तथा बिग्रने भइरहेकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो ।

निर्माणाधीन दाउन्नेखण्डमा रिजिट पेभमेन्ट र कल्भर्टहरू निर्माण भइरहेको हुँदा केही स्थानमा एकतर्फी सवारी आवतजावत भइरहेको छ । एकतर्फी सडकमा भारी शीत पर्दा सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भई यात्रा गर्न कठिन भएको निर्देशनालयले जनाएको छ । 

सुझावित समाचार