चिसो बढ्दै गएकाे भन्दै घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीका अनुसार बुधबारदेखि १८ पुस शुक्रबारसम्म बिदा गर्ने निर्णय भएको हो ।
निर्णयअनुसार पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने उनले बताए । बढ्दो चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको हो ।
उपमहानगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।
