त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्। आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तु करिब १२ किलो ७५० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय नियाज सोमबार राति पक्राउ परेका हुन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र भन्सार कार्यालयसमेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरोले उनीमाथि थप छानबिन थालेको छ।
बैंककबाट नेपाल हुँदै गाँजा तस्करी गर्न खोज्ने भारतीयहरू बारम्बार विमानस्थलमा पक्राउ पर्दै आएका छन्।