ताप्लेजुङमा तमु ल्होसार सबै समुदायको साझा पर्व बन्यो

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

ताप्लेजुङमा गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार विभिन्न सांस्कृतिक कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ । यसपटक तमु ल्होसार गुरुङ समुदायमा मात्र सीमित नभई जिल्लाका सबै जातजाति र समुदायको साझा पर्वका रूपमा स्थापित भएको छ ।

फुङलिङ नगरपालिकासहित जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा गुरुङ, शेर्पा, लिम्बू, ब्राह्मण, दलितलगायत समुदायका मानिसहरू सहभागी भएर तमु ल्होसार मनाएका छन् । जातीय र सांस्कृतिक विविधता बोकेको ताप्लेजुङमा तमु ल्होसार सामाजिक सदभाव र आपसी एकताको प्रतीकका रूपमा विकसित हुँदै गएको स्थानीयको भनाइ छ ।

नेपालमा मनाइने ल्होसारमध्ये तमु (गुरुङ) वा तालो ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार प्रमुख मानिन्छन् । गुरुङ परम्पराअनुसार वर्षका १२ महिना जनावरका नामबाट नामकरण गरिन्छ । यस वर्ष गुरुङ समुदायले अघिल्लो वर्गको बिदाइ गर्दै आउने वर्गको स्वागत गर्दै तमु ल्होसार मनाएका हुन् ।
 

सुझावित समाचार