एमाले बर्दियाले समानुपातिकमा नौजनाको नाम सिफारिस गर्‍यो

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) बर्दियाले समानुपातिकतर्फ नौजना उम्मेदवारको नाम सिफारिस गरेको छ ।प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको बर्दियामा एमालेले समानुपातिकतर्फ मात्र उम्मेदवारी सिफारिस गरेको हो ।

एमाले जिल्ला कमिटी बर्दियाका उपाध्यक्ष दुर्गा वलीको अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ बाट कमला ज्ञवाली, कुलानी थारू, कृष्ण गुरुङ र धनेश यादवको नाम सिफारिस गरेको छ भने प्रतिनिधि सभा क्षेत्र नं. २ बाट लौटन चौधरी, ओम नेपाली, टंक वली, सीतामैया शाही र विमला केसीको नाम  सिफारिस गरेको उपाध्यक्ष वलीले जानकारी दिए ।

उनले भने, ‘पार्टीले अहिले समानुपातिकको उम्मेदवारहरूको नाम मात्र पठाएको छ। प्रत्यक्षतर्फको उम्मेदवारको  नाम संघीय  निर्वाचन कमिटीको बैठकले  टुंगो लगाउनेछ।’

सुझावित समाचार