एमाले केन्द्रीय सचिवालय बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची भोलि साेमबार बुझाउने निर्णय गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै एमालेका सचिव महेश बस्नेतले यस्तो बताएका हुन् ।
बस्नेतले भनेका छन्– बैठकका अध्यक्षबाट प्रस्तुत सबै नाममा आएका सुझाव समेटेर फेरि उहाँले नै टुंग्याएर भोलि आयोगमा पेस गर्ने निर्णय भयो ।’ केन्द्रीय कार्यालय च्यासलमा बसेको यो निर्णयअनुसार भोलि एमालेले ११० जनाको बन्दसूची आयोगमा बुझाउनेछ ।