मन्त्री घिसिङद्वारा निर्माणाधीन सेती पुलको निरीक्षण

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार सेती पुलको निरीक्षण गरेका छन् । 

मन्त्री घिसिङले बिहान पोखरा-मुग्लिङ सडक खण्डअन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गरेका हुन् ।  पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रूपमा रहेको उक्त स्थानमा निर्माणाधीन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ । निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए । 

सुझावित समाचार