पुस १२ देखि १८ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको पुस १२ गते शनिबारदेखि पुस १८ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक भेटघाटको समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि साताको अन्त्यमा साझेदार वा सहयोगीको संगतले लाभ प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) घरायसी सुखको अनुभूति हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आँटेको र ताकेको कार्य पूरा होला । प्रतिस्पर्धी परास्त होलान् । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझाबलाई पालना गर्दा लाभ प्राप्त हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालीन रूपमा फाइदा पुग्नेछ । सेयरबजार र पेसा–व्यवसायका क्षेत्रमा फाइदा पनि हुनेछ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । साताको अन्त्यमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मबल र हिम्मत पनि बढ्नेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ । अरूको मन जित्न पनि सकिनेछ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त गर्न गाह्रो हुन्छ । साताको अन्त्यमा अप्रत्याशित काम बन्ने योग छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साताको प्रारम्भमा एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । साथीसंगी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । काममा देखिएका बिघ्नबाधा हटाउन सकिनेछ । साताको अन्त्यमा हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुन सक्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पत्नीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । अनाहकमा अरूले गरेका गल्तीको पनि सजाय भोग्नुपर्ने अवस्था आउला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धनआर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धनआर्जन गर्न सकिनेछ । कुनै महत्वाकांक्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिँड्नु राम्रो हुनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् । साताको अन्त्यमा बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ विशेष सावधानी अपनाउनुपर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साताको प्रारम्भमा राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागि समय मध्यम रहेकाले जनतासँग सन्तुलित व्यवहार गर्नुपर्नेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीलाई पार लगाउन सकिनेछ । दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन र दिन सकिने दिन छ । साताको अन्त्यमा उद्योग तथा बन्दव्यापारबाट प्रशस्त फाइदा मिल्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिनेछ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिनेछ । प्रशंसकहरूले साथ दिनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्मविश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) साताको प्रारम्भमा प्रविधिको प्रयोग गरी रचनात्मक काम गरी मनग्गे धनआर्जन गर्न सकिनेछ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । साताको अन्त्यमा छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुन सक्छ धैर्य गरी मिहिनेत गर्नुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिनेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्नेछ । प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गर्नुपर्नेछ ।

See More On

सुझावित समाचार