खानेपानीको पाइप फुटेपछि उपत्यका विकास प्राधिकरणअगाडिको मुख्य सडक जलमग्न

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण
खानेपानीको पाइप फुटेपछि उपत्यका विकास प्राधिकरणअगाडिको मुख्य सडक जलमग्न

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

खानेपानीको पाइप फुटेपछि काठमाडौं उपत्यका विकास प्राधिकरणअगाडि रहेको मुख्य सडक जलमग्न बनेको छ।

केयुकेएलअन्तर्गतको खानेपानीको पाइप फुटेर सडकमा पानी बगिरहेको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन्। ढकालका अनुसार केयुकेएलअन्तर्गत खानेपानीको पाइप फुटेपछि मर्मत गर्न खबरसमेत गरिएको छ।

‘केयुकेएल र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयको खानेपानीको पाइप फुटेपछि उपत्यकाका सडक धेरै ठाउँमा हिलाम्य हुने गरेका छन्। हाम्रो कार्यालयबाहिर पनि केयुकेएलको पाइप फुटेको छ। यसबारेमा हामीले सम्बन्धित निकायका व्यक्तिहरूलाई जानकारी गराइसकेका छौँ, केही समयपछि मर्मत हुन्छ,’ उनले भनिन्।

सुझावित समाचार