पर्यटन बोर्डमा नवीनबाबु गुरुङका फाेटाे प्रदर्शनी सुरु

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

फोटो नेपाल प्रदर्शनीअन्तर्गत नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा ‘एक्सप्लोर अनएक्सप्लोर्ड’ शीर्षककाे फाेटाे प्रदर्शनी औपचारिक रूपमा उद्घाटन गरिएकाे छ।

प्रदर्शनीमा नवीनबाबु गुरुङका फोटोग्राफिक कामहरूको दृश्य कथाहरू प्रस्तुत गरिएको छ। गुरुङले नेपालमा कम चिनिएका गन्तव्य, प्राकृतिक दृश्यहरू र सांस्कृतिक स्थानहरूको तस्बिर कैद गरेका छन्।

प्रदर्शनीमा नेपालका विभिन्न स्थानहरूमा लिइएका ३५ आकर्षक ड्रोन फोटोहरू प्रदर्शन गरिएको छ, जसले कम परिचित तथा उदाउँदो गन्तव्यहरूलाई प्रकाशमा ल्याउँछ। शुक्रबार सुरु भएको प्रदर्शनी १३ गते आइतबारसम्म खुला रहनेछ।
 
१५ वर्षभन्दा बढी पेसागत अनुभव भएका फोटोग्राफर गुरुङ फोटो पत्रकारिता र डकुमेन्ट्रीमा काम गर्दै नेपालको सामाजिक संरचनालाई सिनेमेटिक दृश्य दृष्टिकोणसँग पेस गर्छन्।

सुझावित समाचार