‘सन् २०२५ मा रुसले युक्रेनको पाँच हजार वर्गकिमि भूमि कब्जा गर्‍यो’

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

रुसले संयुक्त राज्य अमेरिकाले सुरु गरेको शान्ति वार्तालाई प्रभाव पार्ने प्रयासमा युक्रेन अभियान तीव्र बनाएको छ । यस क्रममा मस्कोले युक्रेनमा हासिल सैन्य उपलब्धिलाई बढाइचढाइ गरिरहेको छ । जस्तो, भर्खरै डिसेम्बर १८ मा रुसी कमान्डर–इन–चिफ भ्यालेरी गेरासिमोभले विदेशी सैन्य अधिकारीलाई वार्षिक प्रतिवेदनबारे बताउँदै रुसले यो वर्ष युक्रेनको ६ हजार ३०० वर्ग किलोमिटर कब्जा गरेको दाबी गरे । त्यसको एक साताअघि रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले यो संख्या ६ हजार वर्ग किमि बताएका थिए । 

तथापि, वासिंटनस्थित थिंक ट्यांक ‘इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु)’ले भूउपग्रह तथा खुला स्रोत प्रमाणका आधारमा रुसले चार हजार ९८४ वर्ग किलोमिटरभन्दा बढी कब्जा नगरेको बतायो । अमेरिका र युक्रेनी वार्ताकारले शान्ति योजनामा ​​वार्तालाई तीव्र बनाइरहेको सन्दर्भमा रुसी दाबी आएका छन् । उता बुधबार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकासँग सहमत भएको २०बुँदे योजना सार्वजनिक गरे ।

तथापि, योजनामा सबैभन्दा संवेदनशील भूमिको मुद्दामा अमेरिका र युक्रेनबिच अझै सहमति हुन बाँकी रहेको देखिन्छ । रुसले युक्रेनलाई क्रिमियाको अतिरिक्त डोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनका सम्पूर्ण भूमि सुम्पनुपर्ने माग गरेको छ । 

See More On

सुझावित समाचार