नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन नेपाली कांग्रेस तयारीमा जुटिसकेको बताएका छन् । कांग्रेसको प्राथमिकता निर्वाचन नै भएको उनले बताएका हुन् ।
देउवा भेट्न उनको निवास पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग उनले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिए ।