वार्ता सकाएर निस्किए बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी कुमार बेनको घरबाट बाहिरिएका छन् । आज बिहान करिब ८ बजेदेखि दिनभर राजनीतिक भेटघाटमा सक्रिय बालेन साँझ करिब ८ बजेतिर बाहिरिएका हुन् । कुपन्डोलस्थित बालेन समूहका सहयोगी कुमार बेनको घरमा वैकल्पिक शक्ति निर्माणको विषयमा छलफल चलेको हो ।
बाबुरामलाई बालेनले भने–म तयार छु, सुझाव दिनुस्
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सल्लाह सुझावका लागि आग्रह गरेका छन्। आफ्ना सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित निवासमा भएको संवादका क्रममा बालेनले आफूले सक्रिय राजनीतिमा आउने निर्णय गरेको उल्लेख गर्दै भट्टराईसँग सल्लाह सुझाव मागेका हुन्।
कांग्रेसको ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण
कांग्रेसको हालसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भएको छ । जनसम्पर्क समिति र विवाद भएका केही जिल्लाबाहेक ७५ प्रतिशत नवीकरण भएको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।
कास्की–३ र गोरखा–१ बाट नेकपा संयोजक प्रचण्डको नाम सिफारिस
गण्डकी प्रदेशका दुई क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सिफारिस भएको छ । जन्मथलो कास्कीसँगै गोरखाबाट प्रत्यक्षतर्फको निर्वाचनका लागि प्रचण्डको नाम सिफारिस भएको हो ।
कोल्टीबाहेक सबै बन्द छन् सुदूरपश्चिम पहाडका विमानस्थल
सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका सातमध्ये बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छ। बझाङ, डोटीको दिपायल, बैतडीको पाटन तथा अछामका साँफेबगर र कमलबजार विमानस्थलका धावनमार्ग कालोपत्रे गरेर स्तरोन्नति गरिए पनि उडान हुँदैन। दार्चुलाको गोकुलेश्वर विमानस्थलको स्तरोन्नति हुन सकेको छैन।
रमेश लेखक जाँचबुझ आयोगको बयानमा जाने, ओली पनि लचक हुँदै
जेन–जी घटनामा भएको क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयानका लागि पूर्वगृहमन्त्री रमेश लेखक जाने भएका छन्। पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू पुस १४ गते सोमबार बयानमा जाने निर्णय गरेको बताए।
‘संसद् पुनःस्थापना एमालेको प्राथमिकता, शान्तिपूर्ण चुनाव भए सामना गर्ने’
एमालेका अध्यक्ष केपी ओलीले आफूहरू प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन् । एमालेको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरूलाई सम्मान र प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बिच निर्वाचनको वातावरण नहुने बताए।
कोशीको हिउँदे अधिवेशन तुरुन्त बोलाउन मुख्य विपक्षी दलको माग
कोशी प्रदेश सभाका मुख्य विपक्षी दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले हिउँदे अधिवेशनको बैठक तुरुन्त बोलाउन माग गरेका छन् । संसदीय मामिला पत्रकाहरूसँग कुरा गर्दै नेता आङ्बोले जेन–जी आन्दोलनपछि संसद्को खाँचो अति नै खड्किएको, तर सरकारले ठोस तयारी नगरेको भन्दै तुरुन्तै कोशी प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन माग गरेका हुन् ।
सिन्धुलीको कमलामाईमा कफ्र्यु आदेश जारी
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुलीको कमलामाई नगरपालिकामा कफ्र्यु आदेश जारी गरेको छ । ६ पुसमा कमलामाई नगरपालिका–४ धुरामा भएको घटनालाई दिएर आज उक्त क्षेत्रमा स्थानीयले ढुंगामुढा र हुलदंगा गरेपछि शान्ति सुव्यवस्था कायम गर्न प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो ।
भोलिदेखि माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता
पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि २२औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता ०८२ हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छे बंैकको मुख्य प्रायोजनमा ११ देखि १५ पुससम्म प्रतियोगिता हुन लागेको हो ।