जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुलीको कमलामाई नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । ६ पुसमा कमलामाई नगरपालिका–४ धुरामा भएको घटनालाई दिएर आज उक्त क्षेत्रमा स्थानीयले ढुंगामुढा र हुलदंगा गरेपछि शान्ति सुव्यवस्था कायम गर्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
प्रशासनले आज राति ८ः३० बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । ६ पुसमा धुरामा आफ्नै सासूले बुहारीलाई पेट्रोल छर्की कोठामा थुनेर जलाएर हत्या गरेकी थिइन् ।