झापा– ५ मा राप्रपाबाट गोपाल पौड्यालको नाम सिफारिस

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि झापा– ५ मा राप्रपाले प्रत्यक्षतर्फ युवा नेता गोपाल पौड्यालकाे नाम सिफारिस गरेको छ ।

राप्रपाका केन्द्रीय सदस्य तथा सञ्चारकर्मीसमेत रहेका पौड्यालले यसअघि स्थानीय तह निर्वाचनमा गौरादह नगरपालिकामा राप्रपाबाट मेयरमा प्रतिस्पर्धा गरेका थिए । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली चुनाव लड्दै आएको उक्त क्षेत्र एमालेको गढकाे रूपमा चिनिन्छ । 

०४८ देखि त्यस क्षेत्रबाट चुनाव लड्दै आएका ओली ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । त्यसबाहेक अरू सबै संसदीय निर्वाचनमा ओली विजयी हुँदै आएका छन् ।
 

सुझावित समाचार