बालाजुमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार युवकको मृत्यु

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

काठमाडौंको बालाजुमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१६, बालाजु बाइसधारास्थित सडकमा बा.प्र–०१–००६ ख ३४५४ नम्बरको टिपर र लु.५९ प ७०६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं बसुन्धारा बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–५ घर भएका २१ वर्षीय सागर खड्काको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले हाल फरार टिपरचालकको खोजी गरिरहेको छ।
 

सुझावित समाचार