लेखक निर्दोष जीवनले बालबालिकालाई बाँडे पुस्तक

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

लेखक निर्दोष जीवनले जन्मदिनका अवसरमा भरतपुर महानगरपालिका–२३ स्थित आशा अनाथालयका बालबालिकालाई बालपत्रिका तथा पुस्तक वितरण गरेका छन्। 

आश्रममा रहेका ११७ जना बालबालिकालाई २०० थान मुना मासिक बालपत्रिका र ३० थानभन्दा बढी बालसाहित्यका पुस्तक बाँडेका हुन्। 

‘जन्मदिनमा फजुल खर्च र अनावश्यक तडकभडक गरेको मलाई मन पर्दैन,’ निर्दोषले भने, ‘आजको विशेष दिनमा केही रचनात्मक काम गरूँ भनेर यहाँ आएको हुँ।’
 

सुझावित समाचार