नक्कली शैक्षिक प्रमाणपत्र देखाएर प्रहरीमा जागिर, वरिष्ठ उपरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी कर्मचारीमाथि मुद्दा दायर गरेको छ।

महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

गिरीले बिहार विद्यालय परीक्षा बोर्ड, पटनाबाट शैक्षिक योग्यता हासिल गरेको भनी नक्कली प्रमाणपत्र पेस गरी २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पिसिएल नर्सिङ तथा २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङ गरेका थिए।

सोही प्रमाणपत्र पेस गरी २०६२ पुस १६ मा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा सुरु नियुक्ति लिएका गिरी सोही प्रमाणपत्रका आधारमा प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका अख्तियारले जनाएको छ।

‘लालबाबु गिरीले नेपाल प्रहरीको पदमा नियुक्ति भई ‌ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि’ भएको आरोपपत्रमा उल्लेख छ।

सुझावित समाचार