नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– २ दाउन्ने बजारमा राष्ट्रिय वन अतिक्रमण गरेर बनाइएका ११ वटा घर, टहरा तथा होटेल वन कार्यालयले हटाएको छ ।
पूर्व–पश्चिम राजमार्गका आसपास बनाइएका ११ घर–टहरा डिजिभन वन कार्यालय नवलपुरको टोलीले सुरक्षकर्मी परिचालन गरेर हटाएकाे हाे । यसअघि वन कार्यालयले ३५ दिने सूचना जारी गरी घर–टहरा हटाउन भनेको थियो ।
स्थानीय बासिन्दा तथा व्यापारीले भने वन कार्यालयको यस कार्यको विरोध गरेका छन् ।