नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते (बुधबार) बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बिहान ११ बजे बैठक बस्ने गरी तय गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।