पालिकाभरका विद्यालयको निगरानी नगरपालिकाबाटै

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाले डिजिटल अनुगमनको व्यावस्था गरेको छ । विद्यालय समयमा शिक्षक स्कुल नपुग्ने, बिचमै छाडेर हिँड्ने, विद्यालयमै भए पनि कक्षाकोठामा नजाने र विद्यार्थीलाई पढाउन चासो नराख्ने शिक्षक–कर्मचारीलाई कडाइ गर्न नगरपालिकाको शिक्षा शाखाबाटै सिसिटिभी क्यामेरामार्फत निगरानी गर्न थालेको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीका अनुसार नगरभित्र रहेको नौवटा माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरी निगरानी एवं अनुगमनको व्यवस्था मिलाएको छ ।

सिसिटिभी क्यामेराबाट शिक्षक के गरिरहेका छन् भनेर हेर्ने मात्र होइन, के कुरा गरिरहेका छन्, के पढाइ भइरहेको छ भनेर अडियोसमेत सुन्न सकिने गरी व्यवस्था मिलाएको प्रमुख ज्ञवालीको भनाइ छ । विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सुझावित समाचार