उपन्यासकार डा. धर्म सापकोटा राजुको उपन्यास ‘बाहेक’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच कवि श्यामल, समीक्षकद्वय राजकुमार बानियाँ, सुमन वर्षा र लेखक सापकोटाले पुस्तक सार्वजनिक गरेका हुन्।
यौन मनोविज्ञानमा आधारित उपन्यासमाथि समीक्षक राजकुमार बानियाँले विषय, प्रस्तुति र सन्देशको सुन्दर संयोजनले उपन्यास पठनीय बनाएको बताए।
अर्की समीक्षक वर्षाले एउटा नारीले सबै भौतिक सुख प्राप्तिपछि यौनिक चाहनालाई कसरी सन्तुलन मिलाउन सक्दछिन् भन्ने विषय रोचक तरिकाले उपन्यासमा आएको बताइन्। साथै, लेखक सापकोटाले केही नयाँपन दिन सकिन्छ कि भनेर यौन मनोविज्ञान विषयमा उपन्यास लेखेको बताए।
लामो समयदेखि बेलायतमा बसेर नेपाली भाषा–साहित्यमा कलम चलाउँदै आएका सापकोटाको यसअघि कथासंग्रह ‘बाटो’ प्रकाशित छ।
यो उपन्यासलाई शिखा बुक्सले बजारमा ल्याएको हो।