रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। साे अवसरमा काठमाडौंको वनस्थलीस्थित कार्यालयमा कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

भैरहवा कारागारबाट मुक्त भई हिजो काठमाडौं आइपुगेका लामिछानेलाई आज बाजागाजासहित पार्टी कार्यालयमा स्वागत गरिएको हो। स्वागत कार्यक्रममा पार्टी समर्थकहरू उत्साहित देखिन्थे।

रास्वपाका अनुसार स्वागत कार्यक्रमपछि आजै पार्टीको केन्द्रीय समिति बैठक पनि बस्ने तय भएको छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ।

See More On

सुझावित समाचार