पर्सा प्रहरीले २४० किलो प्रतिबन्धित लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना.३ख ५०९३ नम्बरको ट्रकचालक मकवानपुरको थाहा नगरपालिका– ११ का २९ वर्षीय सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेकाे प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका– २२, जगरनाथपुर ढाटअगाडिबाट उनीहरूलई पक्राउ गरिएको हो।
पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार विशेष सूचनाको आधारमा ट्रकलाई चेकजाँच गर्दा फल्स बनाई लुकाएको २४० किलो चरेस बरामद भएको हो। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कार्कीले बताए।