विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल शिक्षण अस्पतालको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ।
आइतबार बिहान अस्पतालको भवनबाट खस्दा सप्तरीको राजविराज नगरपालिका– ९, जगदरी घर भएका इन्टर्न डाक्टर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो।
प्रहरीका अनुसार आइतबार बिहान साढे ६ बजे नोबेल शिक्षण अस्पतालको मुख्य गेटतर्फको भवनको पाँचौँ तलाबाट यादव भुइँमा खसेका थिए। भवनबाट खस्दा टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि आकस्मिक कक्षमा भर्ना गरिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको हो।
डा. यादव कसरी छतबाट खसे भन्नेबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीले बताएको छ।