विश्व ध्यान दिवसको अवसरमा नेपाल सरकारको आयोजनामा आइतबार बिहान काठमाडौंको टुँडिखेलमा सामूहिक ध्यान कार्यक्रमको आयोजना गरिएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको हो । संयुक्त राष्ट्र संघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइएको हो । संयुक्त राष्ट्र संघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाइएको हो ।
हेर्नुहोस् केही तस्बिरहरू :
















