मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्दै छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.६ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १:०.६ अनुपातमा ४५ लाख ३६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
यो सेयरको निष्कासक तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ । यससम्बन्धी सम्झौतामा मुक्तिनाथका नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत मनीष घिमिरेले हस्ताक्षर गरेका हुन् ।