‘लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नु एमालेको संगठनात्मक परिपक्वता’

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु नेकपा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवादको जीवन्त अभ्यास भएको बताएकी छिन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र सदस्यलाई बधाई दिँदै उनले महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुने सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद दिइन्। 

सुझावित समाचार