सरकारले जेन–जी आन्दोलनका क्रममा घाइते भएका नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानासहित चार पत्रकारलाई नगदसहित सम्मान गरेको छ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री जगदीश खरेलले चारैजनालाई नगद तथा सम्मानपत्र प्रदान गरेका हुन्।
भदौ २३ र २४ को आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई एक लाख तथा पत्रकार दीपेन्द्र ढुंगाना, श्याम श्रेष्ठ र उमेश कर्कीलाई सरकारले जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ।