बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने आठ महिनापछि रिहा भएका छन्।
कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत बुझाएपछि लामिछाने शुक्रबार रुपन्देही कारागारबाट थुनामुक्त भएका हुन्। सुरु जिल्ला अदालतले १३ माघ ०८१ मा माग गरेको धरौटी र आफूले निवेदन साथ पेस गरेको बैंक जमानतसहित गरी लामिछानेले सो रकम बुझाएका हुन्।
रूपन्देहीमा अदालती प्रक्रिया सकाएर उनी कार्यवाहक सभापति डिपी अर्याललगायतका नेताहरूसहित चितवन लागेका छन्।