१४ खेलाडीलाई ओलम्पिक छात्रवृत्ति दिन सम्झौता

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसीले ब्याडमिन्टन, उसु, साइक्लिङ, टेबलटेनिस, टेनिस, जुडो, स्पोर्ट क्लाइम्बिङ र स्विमिङका १४ खेलाडीलाई लसएन्जलस ओलम्पिक, आइची नागोया एसियन गेम्स र युथ गेम्सका लागि छात्रवृत्ति दिने खेलाडी र सम्बन्धित संघसँग सम्झौता गरेको हो।

लसएन्जलस ओलम्पिकका लागि आठ खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइकलका उषा खनाल, गल्फका सदभाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबलटेनिसकी इभाना थापा, टेनिसकी सिभाली थापा, स्पोर्ट क्लाइम्बिङकी तेन्जिङ राई र स्विमिङकी एर्भिन श्रेष्ठ छन्।

त्यस्तै, आइची नागोया एसियन गेम्सका लागि पाँच खेलमा आर्चरीका तिलक पुनमगर, बक्सिङका चन्द्रबहादुर थापा, कराँतेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुस्मिता तामाङ छन्। यस्तै, युथ ओलम्पिक गेमका लागि उसुकी रश्मि तामाङ छनोट भएका छन्।

सुझावित समाचार