नेपाल ट्रस्टको जग्गा लिजमा हिनामिना : पूर्वसचिव कार्कीसहित चार प्रतिवादीविरुद्ध पाँच अर्ब २५ करोड बिगोको मुद्दा दायर (अभियोग-पत्रसहित)
नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ। तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको हो।
ओली र लेखकको बयान लिनुअघि जाँचबुझ आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीसँग छलफल
जेन–जी आन्दोलना भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धी छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर छलफल गरेको छ। आयोगले आगामी साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने तयारी गरेको छ।
एमाले महाधिवेशन : मतदान गर्न साढे ६ घण्टासम्म लाइन, कुपन लागू गरेपछि सहज बन्दै
नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान कार्य जारी छ। ११औँ महाधिवेशनको पाँचौँ दिन बुधबार बिहान सवा ९ बजेदेखि भोटिङ सुरु भएको थियो। मतदान गर्न औषत आधा घण्टादेखि ४० मिनेटसम्म लागेको मतदाताले सुनाएका छन्। एमालेको निवर्तमान पोलिटब्यूरो सदस्य कमल चौलागाईँ बिहान पौने ८ बजे लाइनमा बसेका थिए। दिउँसो सवा २ बजे मात्रै आफूले मतदान गरेको उनले बताए।
हेटौँडा सडक विस्तारविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा
हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट बुधबार ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाइ भएन।
सिद्धार्थ रंगशाला : १४ वर्षमा १६ प्रतिशत काम, लागत ३८ करोडबाट बढेर एक अर्ब पुग्यो
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरेको १४ वर्ष बित्दा पनि १६ प्रतिशत मात्र काम भएको छ।क्रिकेट मैदान बनाउन १२ करोड खर्च भइसकेको छ। तीन करोड लागतमा हल, खेलाडी बस्ने ठाउँ र शौचालयसहितको तीनतले भिआइपी प्यारापिट निर्माण गरिएको छ।
पुजारी हत्या प्रकरण : एकजनाको बयान सकियो, थुनछेक बहस स्थगित
पुजारी हत्या प्रकरणका सात अभियुक्तमध्ये एकजनाको सप्तरी जिल्ला अदालतमा बयान सकिएको छ । बुधबार दिउँसो अदालतमा हाजिर भएका प्रतिवादी रामनारायण मण्डलको न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले बयान लिएको हो ।
नेपालले पहिलोपटक हात्ती उपहार दियो, जोडी हात्ती कतार उडे
नेपालले उपहार दिएका जोडी हात्ती ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ बुधबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा उडेका छन्। नेपालले गैंडासहितका अन्य वन्यजन्तु र चराचुरुङ्गी उपहार दिँदै आए पनि हात्ती पहिलोपटक दिएको हो।
फाइनल पुगिसकेका एपिएफ र इस्ट बंगालले बाँडे अंक
इस्ट बंगाल र एपिएफ क्लबले साफ महिला च्याम्पियनसिपमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलविना गोल टुंगिएको हो । खेलभर दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । एपिएफकी गोलकिपर अञ्जना रानामगरले केही सुन्दर प्रहार बचाइन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ। बौद्ध दर्शन तथा सोसम्बन्धी विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयमा हाल १५७ विदेशी विद्यार्थी अध्ययनरत छन्।
तीन करोड लागतमा दब्ल्याङको पहिरो नियन्त्रण र व्यवस्थापनको काम सुरु
प्रत्येक वर्ष बर्खाको समयमा दुःख दिने दब्ल्याङको पहिरो नियन्त्रण तथा व्यवस्थापनका काम अगाडि बढाइएको छ। दक्षिण बागलुङ र गुल्मी जोड्ने सडक समय–समयमा बाधा पुर्याउने पहिरो व्यवस्थापनका निम्ति संघीय सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालयको चालू आर्थिक वर्षमा विनियोजित तीन करोड बजेटबाट पहिरो नियन्त्रण तथा व्यवस्थापनको काम अगाडि बढाउने तयारी गरिएको हो।