दुईवटा कोठा र परालले छापेको कुटीमा केपी ओली बस्दैनन् : महेश बस्नेत

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका नेता महेश बस्नेतले दुईवटा कोठा र परालले छापेको कुटीमा केपी ओली नबस्ने स्पष्ट पारेका छन् । पार्टीको एघाराैँ महाधिवेशनको मतदान प्रक्रियामा पत्रकारसँग कुरा गर्दै उनले पार्टीको हैसियत, ओलीको प्रभाव र कार्यकर्ताको आवतजावतलाई ध्यानमा राखेर उनी बस्ने आश्रम बनाइने बताए ।

‘एमालेका हजारौँ कार्यकर्ता उनलाई भेट्न आउछन् जहाँ गफगाफ गर्ने, बस्ने, खाने सुत्ने सबै व्यवस्था हुने भएकाले सामान्य मान्छेको त राम्रो घर हुन्छ भने उहाँको कुटीको कुरालाई लिएर नउडाए हुन्छ,’ उनले भने । हामी ठुला घरमा बस्यौँ भन्नेहरूको घर हेर्न पनि उनले आग्रह गरे । 

सुझावित समाचार