एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु हुन सकेकाे छैन । बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि अहिले ८:३० बजेसम्म मतदान सुरु भएकाे छैन । मतदान सुरु नभए पनि महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि मतदानस्थल भृकुटीमण्डपमा लाइनमा बस्न सुरु गरेका छन् ।
यसअघि मंगलबार बिहान ११ बजेदेखि सुरु गर्ने पूर्वनिर्धारित कार्यतालिकाअनुसारको मतदान चौथोपटक सारिँदै बुधबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएको थियो । तर, याे समयमा पनि मतदान सुरु हुन सकेकाे छैन ।
२९ मंसिरसम्म तय भएको महाधिवेशन मतदान प्रक्रियामा ढिलाइ भएकाले कम्तीमा दुई दिन धकेलिएको छ । अध्यक्षका उम्मेदवार केपी ओली र ईश्वर पोखरेलले मतदान मेसिनमा देखिएको प्राविधिक समस्या तथा चिसो मौसम मध्यनजर गर्दै आपसी परामर्शमा मंगलबार राति मतदान प्रक्रिया स्थगित गर्ने सहमति गरेका थिए ।


