चन्द्रागिरि नगरपालिका– १२ सतुंगलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२-०६१ प ३८३५ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर हुँदा प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकलचालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एपिएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।