भारतका हर्सल पाठक राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्सल पाठकलाई नियुक्त गरेको छ । थाइल्यान्डका पूर्वअलराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । 

क्यानले यसअघि नै विदेशी प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट गरेको हो ।

सुझावित समाचार