पूर्वमन्त्री आनन्द पोखरेलले दिए एमालेकाे उपमहासचिवमा उम्मेदवारी

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले एमालेको उपमहासचिवमा उम्मेदवारी दिएका छन्। 

सात लाख संगठित सदस्यमध्ये आफ्नो नाम सिनियर नेताकै पंक्तिभित्र रहे पनि आफूभन्दा जुनियर नेता पदाधिकारी भइसकेको उल्लेख गर्दै पोखरेलले आफूलाई ‘न्याय’ मिल्ने विश्वास व्यक्त गरे। उनको सदस्यता ३६३औँ नम्बर सूचीकृत छ।

उनले भने, ‘म विगत पाँच दशकदेखि पार्टीमा सक्रिय छु। सात लाख संगठित सदस्यमध्ये मेरो नाम सिनियर नेताकै पंक्तिभित्र छ। वैचारिक, सांगठनिक, सक्रियता सबै पक्षबाट म अब्बल रहेको साथीहरूबाट प्रक्रिया आइरहेका छन्। त्यसो हुँदै मैले अहिले कुनै गुट नभई एमाले प्यानलबाट उम्मेवारी दिएको छु। मेरो पक्षमा साथीहरूले न्याय गर्नुहुन्छ भन्ने विश्वास छ।’

विद्यार्थी संगठनदेखि पार्टीको विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका उनी अहिले पोलिटब्युरो सदस्य छन्। कुनै गुट नभई एमाले प्यानलबाट पार्टीको उपमहासचिवमा उम्मेदवारी दिएको उनले नयाँ पत्रिकासँग बताए।

पोखरेल अहिले एमाले जिल्ला कार्यसमिति काठमाडौंको इन्चार्जसमेत हुन्।

सुझावित समाचार