एमाले उपाध्यक्षमा विन्दा पाण्डेको उम्मेदवारी दर्ता

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको समर्थकमा भने महेन्द्रप्रसाद श्रेष्ठ छन् । पाण्डे अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलको टिममा छिन् ।

सुझावित समाचार