गीतकार श्रीराम राईको तेस्रो गीत सार्वजनिक

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। ओमप्रकाश राईले संगीतबद्ध गरेको गीतलाई गायिका पेमा शेर्पा राईको स्वरले जीवन्त बनाएको छ।

गीतलाई सन्तोष प्रगाढ राईले एरेन्ज गरेका छन्। एडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका हुन्। गीतले एकतर्फी प्रेम पीडादायी र चोखो प्रेम आत्मीय हुने भाव प्रस्तुत गरेको छ।

यसअघि ०७५ सालमा राईको ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलेको गीतलाई शिला खनालले गाएकी थिइन्। त्यस्तै ‘सन्चाे छौ कि बिसन्चाे’ बोलको गीतलाई ०७९ सालमा मनमा बी राई र ०८१ मा नवराज पराजुलीले गाएका थिए।

दिक्तेल रुपाकोट मझुवागढी– ७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई पत्रकारिता र साहित्यमा सक्रिय छन्। उनी साहित्यका विविध विधामा कलम चलाउँछन्।

सुझावित समाचार