एमाले रुपन्देहीका सचिव चित्रबहादुर कार्की रास्वपा प्रवेश

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमाले रुपन्देहीका सचिव चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुखसमेत रहेका कार्की आइतबार रास्वपाले आयोजना गरेको कार्यक्रमबिच पार्टी प्रवेश गरेका हुन्।

कार्कीले एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्वस्वकीय सचिवसमेत रहेर पार्टीमा काम गरेका थिए। भदौ २३ र २४ को जेन-जी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेर युवा विद्यार्थीको हत्या गरेको भन्दै असन्तुष्ट कार्कीले सोही समयमा एमाले परित्यागको घोषणा गरेका थिए।

राजीनामा घोषणा गरेका कार्की सोही समयदेखि एमालेमा निष्क्रिय थिए। आइतबार रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्लेलगायत नेताहरू सहभागी कार्यक्रममा कार्की रास्वपा प्रवेश गरेका हुन्।
 

सुझावित समाचार