यस्तो बन्ने भयो एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण
यस्तो बन्ने भयो एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ। जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिवसहित १९ जना पदाधिकारी रहनेछन्।

वरिष्ठ उपाध्यक्ष पद भने हटाइएको छ। एमाले महाधिवेशनको बन्दसत्र अहिले काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना :
१.पदाधिकारी  (१९ जना)

अध्यक्ष : १
उपाध्यक्ष : ५
महासचिव : १
उपमहासचिव : ३
सचिव : ९

२. प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२ जना)
 खुला :  ५
 महिला : ३
 युवा : १

३.  खुला कोटा (१२५ जना)
 खुला : ७१
 महिला : ५२
 युवा : २

४. जनजाति र आदिवासी  (२५ जना)
खुला : १५
महिला : ८
युवा : २

५. मधेसी ( १९ जना)
 खुला : ११
 महिला : ६
 युवा : २

६. प्रवास (२ जना)
 भारत : १
 अन्य देश : १

७. श्रमिक (३ जना)
 खुला : २
 महिला : १

८. अपांगता भएका व्यक्ति (१ जना)
 खुला : १

९. दलित   (१२ जना)
 खुला : ७
 महिला : ४
 युवा : १

१०. थारू  (८ जना)
 खुला : ५
 महिला : ३
      
११. मुस्लिम (५ जना)
 खुला : ४
 महिला : १
  
१२.  पिछडिएको क्षेत्र  (२ जना)
 खुला : १
 महिला : १

सुझावित समाचार