राष्ट्रपति रनिङ सिल्ड बागलुङ नगरपालिकालाई

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

बागलुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ। शनिबार सम्पन्न १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि बागलुङ नगरपालिकाले चुमेको हो।

सदरमुकाम बागलुङ बजारको बाङ्गेचौरमा भएको खेलमा बागलुङ नगरपालिकाले २१ स्वर्ण, १६ रजत र ११ कांस्य पदकसहित कुल ४८ पदक जित्दै राष्ट्रपति रनिङ सिल्डको उपाधि उचालेको हो। बागलुङ नगरपालिकाले एथ्लेटिक्सतर्फ सात स्वर्ण, ६ रजत र चार कांस्य पदक जितेको छ।

भलिबलमा एक कांस्य, कबड्डीमा एक स्वर्ण, एक रजत, तेक्वान्दोमा ११ स्वर्ण, तीन रजत र तीन कांस्य पदक जितेको छ। कराँतेतर्फ दुई स्वर्ण, ६ रजत र तीन कांस्य पदक जितेको छ।

दोस्रो भएको बडिगाड गाउँपालिकाले आठ स्वर्ण, आठ रजत र १५ कांस्य पदक गरी कुल ३१ पदक जितेको छ। बडिगाड गाउँपालिकाले एथ्लेटिक्समा पाँच स्वर्ण, पाँच रजत र एक कांस्य, कबड्डीमा एक कांस्य, तेक्वान्दोमा एक रजत, ६ कांस्य, कराँतेमा तीन स्वर्ण, दुई रजत र सात कांस्य पदक जितेको छ।

तेस्रो भएको ढोरपाटन नगरपालिकाले ६ स्वर्ण, ६ रजत र सात काश्य पदकसहित कुल १९ पदक जितेको छ। ढोरपाटनले एथ्लेटिक्समा दुई स्वर्ण, ४ रजत र दुई कांस्य पदक जितेको छ। भलिबलमा एक रजत, कराँतेमा चार स्वर्ण, एक रजत र पाँच कांस्य पदक जितेको छ। चौथो भएको जैमिनी नगरपालिकाले पाँच स्वर्ण, आठ रजत र १४ कांस्य पदकसहित कुल २७ पदक हात पारेको छ। जैमिनीले एथ्लेटिक्समा चार स्वर्ण, दुई रजत र पाँच कांस्य, भलिबलमा एक स्वर्ण, एक कांस्य, कबड्डीमा दुई कांस्य, तेक्वान्दोमा ६ रजत र ६ कांस्य पदक जितेको छ।

गलकोट नगरपालिका चार स्वर्ण, चार रजत र ११ कांस्य पदकसहित १९ पदक जितेर पाँचौँ भएको छ। गलकोटले एथ्लेटिक्समा तीन स्वर्ण, दुई रजत र ६ कांस्य, भलिबलमा एक कांस्य, कबड्डीमा एक स्वर्ण र एक रजत, तेक्वान्दोमा एक रजत र चार कांस्य पदक जितेको छ। काठेखोला गाउँपालिकाले चार स्वर्ण, चार रजत, सात कांस्यसहित १५ पदक जितेर छैटाैँ भएको छ। काठेखोलाले एथ्लेटिक्समा एक स्वर्ण, एक रजत र तीन कांस्य, भलिबलमा एक रजत, तेक्वान्दोमा एक रजत र कराँतेमा तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जित्यो।

बरेङ गाउँपालिकाले चार स्वर्ण, दुई रजत र सात कांस्य पदक जित्न सफल भयो। बरेङले एथ्लेटिक्समा तीन स्वर्ण, पाँच कांस्य, भलिबलमा एक स्वर्ण, करातेमा दुई रजत, दुई कांस्य पदक जित्न सफल भयो। निसीखोला गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र तीन कांस्यसहित सात पदक जित्यो। निसीले एथ्लेटिक्समा दुई स्वर्ण, दुई रजत र एक कांस्य, भलिबलमा एक कांस्य, कबड्डीमा एक कांस्य जित्न सक्यो। ताराखोला गाउँपालिकाले दुई स्वर्ण र एक रजतसहित तीन पदक जित्न सफल भयो।

ताराखोलाले एथ्लेटिक्समा एक स्वर्ण, एक रजत र तेक्वान्दोमा एक स्वर्ण जित्न सफल भयो। यसपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नाै पालिका मात्रै सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी दिए। तमानखोला गाउँपालिकाले भाग लिएन।
 

सुझावित समाचार