लुम्बिनी लायन्स एनपिएलको नयाँ च्याम्पियन, सुदूरको सपना अधुरै
कप्तान रोहितकुमार पौडेलको ह्याट्रिकसँगै लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को नयाँ च्याम्पियन बनेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले स्तब्ध बनायो ।
हाम्रो राजनीति सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने हो –ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केवल सत्ता बदल्ने राजनीति मात्रै नभई जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति रहेको बताएका छन् । शनिबार एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।उनले भने, ‘हाम्रो राजनीति केवल सत्ता बदल्न राजनीति होइन–जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति हो ।’ उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यको सुरक्षासमेत रहेको बताए ।
इको पहिरो नियन्त्रणमा सहमति, आठ दिनदेखि बन्द कोदारी सडक खण्ड खुल्यो
भोटेकोशी–२, कोदारीस्थित इको पहिरो नियन्त्रण गर्न दुई महिनाभित्र काम सुरु गर्ने सहमति जुटेको छ। तातोपानीका स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबिच पहिरो नियन्त्रणमा सहमति जुटेको हो ।
पदमा नरहे पनि अलपत्र पुल निर्माणमा खबरदारी गरिरहन्छु : मन्त्री घिसिङ
मधेश प्रदेशका रौतहट र सर्लाहीका विभिन्न ठाउँमा पुल समयमै निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा सास्ती बेहोर्न बाध्य भएका छन्। पुल निर्माणका लागि ठेक्का लगाएता पनि काम हुन नसक्दा पुल निर्माण अलपत्र छ। रौतहट र सर्लाही जिल्ला जोड्नका लागि बागमती नदीमा दुईवटा पुल तोकिएको सयमा निर्माण नभइ अलपत्र हुँदा यात्रुहरु वर्षौंदेखि जोखिमपूर्ण एवम् कष्टकर यात्रा गर्न बाध्य छन्। जनजीवन प्रभावित भएको । दुवै पुलले सर्लाही र रौतहट मात्र नभए पर्सा, बारा, रौटहटलाई मधेश प्रदेशको राजधानी जनकपुरलाई जोड्ने छ।
पाल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो
पाल्पाको निस्दी गाउँपालिका–४, मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा घटनास्थलमै तीन जनाको र उपचारको क्रममा थप एकजनाको गरि ४ जनाको मृत्यु पुष्टि भएको प्रहरीले बताएको छ ।
एलओडीमा आज ‘एनपिएल नाइट’
एलओडी क्लबमा आज ‘एनपिएल नाइट’ हुने भएको छ। ठमेलस्थित एलओडी क्लबमा ‘नेपाल प्रिमियर लिग’को विजेता खेलाडीसहित अन्य आठवटै टिमको सहभागिता रहनेछ।
शुभकार्यमा नबोलाई जाँदैनन् विराटनगर क्षेत्रका किन्नरहरू
कतिपय किन्नर (तेस्रो लिंगी)हरू सार्वजनिक स्थानमा गीत गाउँदै ढोल बजाउँदै त कोही ताली बजाउँदै मागेर जीवन जिउने गर्छन् । तर विराटनगर क्षेत्रका किन्नहरूले भने मागेर अपहेलित हुनुभन्दा व्यवसायिक रुपमा संगठित भएर शुभकार्यमा बोलाएपछि मात्रै जाने र मनोरन्जन, आशिर्वाद दिन थालेका छन् ।
एनपिएल : सन्दीप सर्वाधिक विकेट लिने खेलाडी, पाए बाइक
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने आइपिएल दोस्रो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।
निर्वाचनपछि किसान, गोठाला र खेतालाको सरकार बन्छ : साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृहजिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जानकारी दिए ।
पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु म हुँ : डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन्। कोइरालाले लामो समयदेखी पार्टीभित्र र बाहिरका फोरमहरुमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।